Logo

मलाइकाले अर्जुनसँग इन्गेजमेन्ट गरेकै हुन् त, फ्यानले दिए शुभकामना



एजेन्सी, २४ कात्तिक । बलिउड कलाकार द्धय मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कासँग प्रेम सम्बन्धमा छन् । फ्यानहरुबीच प्रायः दुबैको विवाहको खबरहरु आउने गरेका छन् ।

हालै मलाइकाले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर सेयर गरेपछि फ्यानले यो जोडी इन्गेजमेन्ट गरेको अनुमान गरेका छन् । मलाइकाको यो पोस्टमा फ्यान र नजिकका साथीहरुले उनलाई हार्दिक बधाई दिइरहेका छन् ।

वास्तवमा मलाइका अरोराले सामाजिक सञ्जालमा लजालु तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमा अभिनेत्री सबैभन्दा पहिले कालो रंगको ड्रेस लगाएकी देखिन्छिन् । तस्बिर सेयर गर्दै मलाइकाले लेखेकी छिन्,‘मैले हो गरिदिएँ ।’ मलाइकाको यो क्याप्सन पढेर मानिसहरूले उनले अर्जुनलाई विवाहको लागि हो दिएकी हुन् भन्ने अनुमान गरिरहेका छन् । मलाइकालाई सामाजिक सञ्जालमा धेरै बधाई दिन थालेका छन् ।
वास्तवमा जुनमा मलाइका अर्जुनसँग छुट्टी मनाउन गएकी थिइन् । अभिनेत्रीले यात्राको भिडियो शेयर गरेकी छिन् । त्यतिबेला मलाइकाले हिराको औंठी लगाएको भिडियो शेयर गरिन् । मलाइकाको उक्त पोस्टपछि फ्यानहरुले उनको इन्गेजमेन्ट भएको अनुमान लगाएका छन् । यद्यपी मलाइकाको तर्फबाट यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।

अर्जुन र मलाइका लामो समयदेखि सम्बन्धमा छन् । सन् २०१९ मा मलाइकाले सामाजिक सञ्जालमा एक पोस्टमार्फत आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेकी थिइन् । जब यो जोडीले यो घोषणा गरे तब उमेरको अन्तरका कारण उनीहरुलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोलको सामना गर्नु परेको थियो । तर, यो जोडीले मिडिया र फ्यानबाट धेरै माया पाए ।

अरबाज र मलाइकाको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो । उनीहरुको सम्बन्धविच्छेदको कारण मलाइका र अर्जुनबीचको बढ्दो निकटता थियो । मलाइकाले सम्बन्धविच्छेदको सट्टामा अरबाजसँग १० करोड भारु माग गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार मलाइका १० करोडभन्दा कममा सम्झौता गर्न तयार थिइनन् । यसै क्रममा अरबाजले मलाइकालाई १५ करोड भारु दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot