Logo

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउने कोसिस गर्नेछु’



काठमाडौं,२४ कात्तिक । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् ।
उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् ।

उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् ।

सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

 



प्रतिक्रिया दिनुहोस्