Logo

जनताको मन जितेकी रेणु मत जित्नपनि आँतुर, घरदैलोमा उर्लियो जनसागर



काठमाडौं, २४ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (ख) बाट उम्मेदवार रहेकी जसपाकी प्रभावशाली नेतृ रेणु यादव जनताको मत जित्न आँतुर छिन् । चुनावअघि नै जनताको मन जितेकी रेणु अब निर्वाचनमा जनताको मत जित्न आँतुर छिन् ।

चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छिन् । विहान सबेरैदेखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त छिन् । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् । रेणु जसपाकी मधेश प्रदेशकी कोषाध्यक्षसमेत हुन् ।

राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै रेणु सिरहामा लोकप्रिय छिन् । जिल्लामा मात्रै नभएर मधेश प्रदेशमा नै महिला सशक्तिकरण र अधिकार स्थापितको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन् ।

संघकै निर्वाचन लड्न दबाब रहेपनि उनले भने प्रदेशसभामा पुगेर काम गर्ने चाहना राखेको कारण पार्टी अध्यक्ष यादवकै आग्रहमा उनी सिरहा ३ को (ख) बाट चुनावी मैदानमा उत्रिएकी हुन् । राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई रहँदै आएको छ । महिला सशक्तिकरण र पार्टीले अघि सारेका एजेण्डा स्थापित गराउन उनको भूमिका सशक्त रहेको छ ।

उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र रोजगारी सिर्जना रहेका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र सकेको काम गरेर देखाउने प्रतिबद्धता जनाउने गरेकी छिन् । रेणुको घरदैलोमा अहिले युवादेखि बयोबृद्धसम्मको जनलहर देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्