Logo

हातमा १२ बुँदे माग, कानमा १२ किलोकै माला



 तनहुँ, कात्तिक २५ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका वाम लोकतान्त्रिक गठबन्धनकाउम्मेदवार रामचन्द्र पौडेललाई १२ किलोको माला पहिराइएको छ ।

भानु नगरपालिका–१२ बिहीबार आयोजित चुनावी सभामा नेता पौडेललाई १२ बुँदे योजना निर्माणको मागसहित १२ किलोको माला पहिराइएको हो ।

भानुवासीले उक्त क्षेत्रका १२ योजनाहरूको विकास गर्न आग्रह गर्दै माला लगाएर जितको शुभकामना दिएको नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का सभापति श्यामकुमार मौरतीले जानकारी दिए ।

उनका अनुसार सडक कालोपत्रे, खानेपानी योजनालगायतका १२ योजनाको विकास निर्माणका लागि उनीहरूले मालासहित स्वागत गरेका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अलपत्र विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्