Logo

कित्ताकाटमा ८६ प्रतिशतले कमी



काठमाडौं, कात्तिक २५ । भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र असोज महिनादेखि चालू आर्थिक वर्ष २०७९/०८० को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को त्रैमासमा ४ लाख ४१ हजार ७७० भएको कित्ताबाट आर्थिक वर्ष २०७९/०८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ ।

घरजगाको कित्ताकाट मा भू–उपयोग नियमावली लागू भएसँगै शहरी क्षेत्र र बाहिरी जिल्लाहरूमा समेत जगाको कित्ताकाट घट्दै गएको छ । कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्