Logo

७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको ‘उचाइ’ आजदेखि प्रदर्शनमा



काठमाडौ, कात्तिक २५ । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र विश्वभरि ८३४ स्क्रिनमा प्रर्दशन हुनेछ ।

करिव ७० प्रतिशत कथाबस्तु नेपालमा छायाङ्कन गरिएको यस चलचित्रमा नेपालकै पात्रलाई मूलकथा बनाइएको छ । स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङ लगायतका ठाउँमा झन्डै एक महिना लगायर छायाङ्कन गरिएको थियो ।

चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा नीता गुप्ता, सारिका हसनजस्ता दिग्गज कलाकारहरुले अभिनय गरेका छन् । राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्। चलचित्र प्रर्दशनमा आएसंगै नेपालको हिमाली पर्यटन प्रर्वद्वन हुने नेपालको अपेक्षा छ ।



प्रतिक्रिया दिनुहोस्