Logo

भावी प्रधानमन्त्री प्रचण्ड नै हुनुपर्छः बिना मगर (भिडिओसहित)



काठमाडौं, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र) नेतृ एवं कञ्चनपुर-१ की उम्मेदवार बिना मगरले आफू नेपाली कांग्रेसको समेत उम्मेदवार भएको बताएकी छन् ।
‘म नेकपा (माओवादी केन्द्र) को मात्र होइन नेपाली कांग्रेसको पनि उम्मेदवार हुँ । एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि उम्मेदवार थियो । जनताले एजेन्डामा विश्वास गर्ने हो । संविधानको रक्षा र विकासका लागि गठबन्धन एकमात्र विकल्प हो । जनताले गठबन्धनका सबै उम्मेदवारलाई जिताउँछन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मगरले भनिन् ।

गठबन्धनबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो भन्ने पत्रकार धमलाको प्रश्नमा मगरले भनिन्, ‘गठबन्धनमा सरकारको नेतृत्वको विषय टुंगिसकेको छैन । तर प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो धारणा छ । किनभने उहाँ परिवर्तनका लागि राष्ट्र र जनताको पक्षमा उभिएको नेता हो । आम जनताको नेतृत्व गर्न प्रचण्ड नै सक्षम हुनुहुन्छ ।’

नेतृ मगरले आफूले विगतमा सांसद रहँदा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतको आधारभूत जग बसालेको बताइन् । उनले भनिन्, ‘मेरो क्षेत्रका चार पालिका बेलबारी, बेलौरी, लालझाडी, पुनर्वासमा धेरै खानीपानी योजना छन् । कोही सञ्चालन छन्, कोही ठेक्का प्रक्रियामा छन्, कोही शिलान्यासका क्रममा छन् । दोधारामा पुल निर्माण भएको छ । अब दोधारा तटबन्धनका लागि काम गर्नुपर्छ ।’ साथै उनले मेरो शिक्षा र स्वास्थ्य राज्यको लगानी गर्नुपर्ने औंल्याइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot