Logo

प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं, कात्तिक २६ । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ ।

हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको महाशाखाले जनाएको छ । त्यस्तैगरी आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot