Logo

केपी ओली आज डोटी जाने



काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरूलाई सम्बोधन गर्न आज धनगढी जाँदैछन् । ओलीले आजै सुदूरपश्चिमका डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरिएको छ । ओलीले यही कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, वैतडी र कञ्चनपुरमा भव्य चुनावी सभामा सम्बोधन गरेका थिए । हिजो राति भने ओली काठमाडौंको ठमेलमा रहेको एल.ओ.डी क्लबमा पुगको थिए । file photo



प्रतिक्रिया दिनुहोस्