Logo

काठमाडौं–६ का राप्रपाका उम्मेदवारहरुको घरदैलामा जे देखियो (फोटोफिचर)



काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिएका उम्मेदवारहरुले आक्रामक घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरुले चुनावी ब्यानरमा नै ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह’ हो लेखेर प्रचार थालेका छन् ।

सो क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा विष्णुप्रसाद आचार्य उम्मेदवार छन् । त्यस्तै, समानुपातिकतर्फ सरला बि.क. र सबिना राजभण्डारी रहेका छन् । प्रदेशसभातर्फ भने प्रत्यक्षमा जगतसागर महर्जन उम्मेदवार छन् भने सोही प्रदेशको लागि समानुपातिकतर्फ राजाराम श्रेष्ठ छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्