Logo

चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न देउवा सकारात्मक



काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिए।

लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज (शनिबार) चितवनको भरतपुरमा योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले  भने,“चुनाव जिताएकै भोलिपल्ट कारबाही फिर्ता गर्छु ।” देउवाले कसैलाई पनि कारबाही गर्ने मन आफूलाई नभएको बताए। तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग बागी उम्मेदार बनेपछि कोइरालालाई पार्टीले कारबाही गरेको थियो ।

देउवाले  स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । देउवाले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताएका हुन् । file photo

प्रचण्डको गृहजिल्ला भएकोले चितवनको महत्व बढेको छ, गठबन्धनलाई जिताउनुहोस : देउवा



प्रतिक्रिया दिनुहोस्

Screenshot