Logo

अमेरिकामा दुई विमान एकापसमा ठोक्कियो, विमानमा सवार सबैको मृत्यु



एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ । तर, अधिकारीहरूले यसको पुष्टि गर्न भने बाँकी नै छ । घटना शनिबार दिउँसो १ः२० बजे भएको थियो ।

दुवै विमान ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देख्न सकिन्छ कि एयर शोको क्रममा एउटा विमान एकदमै छिटो आउँछ र अर्को विमानसँग ठोक्किन्छ । यसपछि दुवै विमानका केही टुक्रा हावामा खसेको देखिन्छ । विमान पृथ्वीमा खस्ने बित्तिकै विस्फोट हुन्छ र चारैतिर धुवाँ देखिने गर्छ ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार दोस्रो विश्वयुद्धमा प्रयोग भएका २ वटा विमान यस दुर्घटनामा परेका हुन्। तीमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस हो र अर्को बेल पी–६३ किङ्कोब्रा हो। अहिले दुर्घटनाको कारणबारे कुनै जानकारी आएको छैन । हाम्रो अनुसन्धान एजेन्सी र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गर्नेछ।



प्रतिक्रिया दिनुहोस्