Logo

राजेन्द्र बजगाँईलाई जिताएर पठाउनु, मन्त्री बनाउने काम मेरो हो : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–१ का उम्मेदवार राजेन्द्र बजगाँईलाई जिताउन सो क्षेत्रका जनतासँग अपिल गरेका छन् । उनले बजगाँईलाई जिताएर पठाए मन्त्री बनाउने पनि घोषणा गरे । उनले अहिले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि नहुने भन्ने कुरा पनि केही पनि नभएको भन्दै आफ्नै प्रस्तावमा देउवाले बजगाँईलाई मन्त्री बनाउने बताएका हुन् ।

उनले गोरखाको समग्र विकासमा आफूले योगदान पुर्याउनेपनि बताए । आज (आइतबार) गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु, बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु। राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ, उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’ प्रचण्ड भने यसपटक गोरखा–२ बाट चुनाव लडेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot