Logo

कालिकोट पुगेर प्रचण्डविरुद्ध खनिए ओली, सबैलाई मन्त्री बनाउँछु भन्दै झुट बोलेको आरोप



काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् । ओलीले दाहालले चुनावी सभामा सबैलाई मन्त्री बनाउँछु भन्दै झुट बोलेर हिँडेको आरोप लगाएका छन् । आज (आइतबार) कालिकोटमा आयोजित चुनावी सभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाए । यो पनि मैले गरेँ । त्यो पनि मैले गरेँ । बर्खामा अस्ति पानी परेको पनि मैले पारिदिएको हो । यस्तै गफ दिन्छन् । उनले जे पनि मैले गरेँ । यस्ता कुराको पछि नलाग्नुहोस् ।’

ओलीले माओवादीलाई यसपटक चुनाव जितेर देखाउन चूनौति दिए । उनले ०७४ को निर्वाचनमा एमालेको कारण माओवादीले जितेको पनि दाबी गरे । प्रचण्डलाई आफूले शक्तिशाली पार्टीको अध्यक्ष बनाएको तर उनले त्यसलाई लत्याएको पनि उनको आरोप थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot