Logo

निर्वाचनपछि पनि गठबन्धन टुट्दैन, प्रचण्डले धोका दिनुहुन्न : शशांक कोइराला (भिडिओसहित)



काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवलपरासी (ब.सु.प.)-१ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वको लागि आफूहरुले गठबन्धन गरेको भन्दै निर्वाचनपछि स्थायी सरकार दिने घोषणा गरेका छन् । उनले मंसिर ४, गठबन्धनको सरकार बन्ने नारा नै सुनाए ।

आज (सोमबार) प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्वमा हुँदा मनोमानी ढंगले दुई दुई पटक संसद् भंग गरेको आरोप लगाए ।

संविधान मिच्ने पार्टीलाई जनताले नरुचाउने भन्दै एमाले निर्वाचनपछि नराम्रोसँग पराजय हुने उनको दाबी छ । उनले निर्वाचनपछि गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको जिकिर गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई धोका नदिने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot