Logo

बुटवल जितगढी किल्लामा बृक्षरोपण कार्यक्रम सम्पन्न



काठमाडौं,२८ कात्तिक । हेल्पर केयरिङ सर्कल आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेल प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा अध्यक्ष घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र सधै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन्। आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको बताए ।

प्रमुख अतिथि पौडेलले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा राम्रा खालका सामाजिक कार्य गर्न समेत आग्रह गरे । उनले भने,‘अहिले देशले परिवर्तन चाहेको छ र त्यो परिवर्तनको लागि म तयार भएको छु । यस क्लबको सदस्यअरूले मलाई संघीय चुनावमा साथ सहयोग गरिदिनु हुन आग्रह गर्दछु। मैले सधैं बिद्यार्थी र युवाहरूको हक अधिकारको लागि कुरा राख्दै आएको छु ।’

कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको कोषाध्यक्ष गनेश खरेलले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा क्लबका निर्देशक रेशम खड्कालगायतको उपस्थित रहेको थियो। कार्यक्रम सञ्चालन सदस्य महेश ज्ञवालिले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot