काठमाडौै, २८ कात्तिक । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।
कार्कीको उम्मेदवारी कायम रहने वा नरहने बारे संम्भवत आजै टुंगो लाग्ने भएको छ । उ
नको पेशीमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठले बहस गर्नेछन् । आज सर्वोच्च अदालतले कार्कीविरुद्धको निवदेनलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाई गर्नेछ ।