Logo

निर्वाचन न क्षेत्रमै पुगेर नारदमुनी रानालाइ भोट मागे एकनाथ ढकालले



कैलाली, २८ कार्तिक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारदमुनी राना लाइ सुर्य चिन्हमा मतदान गरि विजयी गराउन स्थानीय मतदातासंग अपिल गरेका छन्।

सुदुरपश्चिम प्रदेशको भ्रमणमा रहेका ढकालले सोमबार उम्मेदवार रानाको निर्बाचन क्षेत्र अन्तर्गतको धनगडी उपमहानगरपालिका वडा नम्बर ९ मा घरदैलो अभियानमा सहभागी हुँदै कैलालीवासीको दुखसुखका साथी तथा स्थानीय विकासको पहलकर्ता उम्मेदवार राना सच्चा देशभक्त र इमान्दार नेता भएको बताए।

गाउँघर बुझेको र केन्द्रमा पंहुच भएको नेता नारदमुनीको तुलना अन्य उम्मेदवारसंग नहुने भन्दै उनलाई बिजयी गराउन ढकालको आग्रह थियो । ढकालले आइतबार एमाले र परिवार दलको सयुक्त भेलालाई सम्बोधन गर्नुका साथै स्थनीय बुद्धिजिबी तथा नागरिक अगुवाहरुसंग पनि भेटघाट गरेका छन्। सुदुरपश्चिममा २० हजार मत सुर्य चिन्हमा खसाल्ने प्रतिबद्ता ब्यक्त गरेको परिवार दलको कैलालीमा राम्रै प्रभाब रहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्