Logo

खैरो हेरोईनसहित दुई जना पक्राउ



कैलाली, २८ कात्तिक । अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–७ सरदघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल वेश क्याम्प बिपदपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.४ प ४२०२ नम्बरको समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot