Logo

भरुवा बन्दुक बालकले चलाएपछि…



तनहुँ, २८ कात्तिक । भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका–२ आरथुम्का बस्ने ३६ वर्षीय सन बहादुर घर्तीलाई एक नाले भरुवा बन्दुकसहित उनकै घरबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लुकाइ छिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले बालकलाई उपचारको लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाई सन बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot