Logo

उमेश श्रेष्ठको घोषणा : मैले अहिलेसम्म हारेको छैन, म चुनाव जित्छु (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसका नेता तथा चितवन–२ का सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार उमेश श्रेष्ठले आफूले समग्र चितवनको विकासको लागि ठूलो योगदान पुर्याउने बताएका छन् । आफूले विगतमा शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रमा काम गरेको पनि उनले सुनाए ।

आज प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देशको समग्र विकासमा योगदान पुर्याउनको लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे । उनले आफूले चितवनमा साझा नेताको रुपमा काम गरेकोले सबैले मत दिनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले आफूलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालदेखि कांग्रेसको कारबाहीमा परेका विकास कोइरालासम्मले साथ दिएको सुनाए । उनले आफूले निर्वाचन जित्ने दाबी गरे ।

उनले भने,‘मैले अहिलेसम्म हारेको छैन् । म चुनाव जित्छु । म कर्ममा विश्वास गर्ने मान्छे हो । अब म जितें भने मेरो जीवन चितवन जिल्लालाई दिन्छु ।’ उनले चितवनलाई नमूना जिल्ला बनाउने घोषणा गरे । उनले आफू समृद्ध चितवनको लागि चुनावी मैदानमा रहेको र अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot