Logo

मलंगवाका राउतको लोभलाग्दो मेहनत, लिटी समोसा बेचेरै लाख रुपैयाँ कमाई



बखतियार अलि– सर्लाही २८ कार्तिक । लिटी र समोसा बेचेर महिनाको लाख रुपैया आम्दानी गर्दै छन-मलंगवाका एकजना व्यापारी । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-१० बस्ने नागेन्द्र राउत लिटी र समोसा बेचेर महिनाको लाख रुपैया आम्दानी गर्दै आएका छन् ।

खाने मुखलाई जुगांले छेक्दैन भन्ने उखानलाई राउतले चरितार्थ गरेर देखाएको छ । बिगत ३५ वर्षदेखि उनी लिटी र समोसा बेचेर बेच्दै आएको हो । मलंगवा नगरपालिका वार्ड नं. ८ स्थित दुर्गा मन्दिरको छेउमा उनले ३५ वर्ष पहिला जसरी ठेला गाडा लगाएर लिटी र समोसा बेच्ने गरेका थिए अहिले पनि उनले त्यही स्थानमा समोसा लिटी बेच्दै गरेको देखिन्छ ।

राउतको समोसा लिटी र अचारको स्वादका पारखीहरु बाहिरबाट समेत आउने गरेको राउत बताउँछन् । अचेल उनको समोसा लिटी लिन ग्राहकहरु लाईनमै बस्ने गरेका छन् । “मलंगवाभरि सबैभन्दा स्वादिलो लिटी र समोसा अनि अचार त्यसपछि गुजिया राउतकै पसलमा खान पाईन्छ”- सर्लाही मालपोत कार्यालयमा कार्यरत महेन्द्र महतोले बताए ।

महतोजस्तै धेरै ग्राहकहरु राउतले बनाएको लिटी र समोसाको प्रशंसा गर्छन् । व्यापारी नागेन्द्र राउत भन्छन–”३ हजारको समान खरिद गरेर बनाएको समोसा र लिटी बिक्री गरेर ३ हजारको आम्दानी हुन्छ ।” यहि व्यापार गरेर ४ जना छोरीको बिहेबारी पनि गरे अनि २ जना छोरालाई उच्च शिक्षासमेत अध्यापन गराईरहेको राउत बताउँछन् । परिवारको सबै खर्चा समोसा लिटी बेचेरनै उठाई रहेको व्यापारी राउतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्