Logo

धनुषा-३ मा एमालेकी जुली महतो जितबारे ढुक्क, घरदैलोमा जनताको व्यापक सहभागिता



काठमाडौं, २८ कार्तिक । धनुषा ३ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री जुलीकुमारी महतो आफ्नो जितबारे ढुक्क छिन् । सो क्षेत्रमा आफूले गरेको कामको योगदान र पार्टीले लिएको जनपक्षीय नीतिको कारण नै आफ्नो जित सुनिश्चित् रहेको महतोको दाबी छ ।

उनले आफूलाई मत दिने जनता व्यग्र प्रतिक्षामा रहेको उनको दाबी छ । महतोले आफ्नो चुनावी घरदैलोमा पनि जनताको व्यापक सहभागिता र पाएको स्नेहले जित सुनिश्चित् भैसकेको विश्वास व्यक्त गरिन् । उनले सो क्षेत्रमा आफू सुरुवातदेखि सक्रिय रहेको भन्दै यसपटक जनताले भारी मतान्तरले विजयी बनाउने भन्दै जतिसुकै गठबन्धन गरेपनि सो क्षेत्रका जनता आफ्नो पक्षमा रहेको दाबी गरिन् ।

उनले आफू पदमा हुँदा होस वा नहुँदा सधैं जनताको सेवा गरेको र विकास निर्माणमा ध्यान दिएको बताउने गरेकी छिन् । आफ्नो एकमात्रै उद्देश्य भनेको विकास र समृद्धि भएको उनको भनाई छ । उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलाएको भन्दै सो अभियान एमालेकै नेतृत्वमा पूरा हुने विश्वास दिलाईन् ।

उनले आफ्नो उम्मेदवारी भनेको सो क्षेत्रका जनताको नै उम्मेदवारी भएकोले जित्नेमा ढुक्क रहेको कुरा दोहोर्याईन् । महतो एमालेकी पोलिटब्यूरो सदस्य हुन् । यसअघिको ओली सरकारमा महिला, बालकालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको रुपमा काम गरेकी महतो अहिले घरदैलोमा व्यस्त छिन् ।

महतोले सो क्षेत्रमा रोजगारीको सिर्जना गर्ने विश्वास दिलाईन् । उनले आफूले शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा विशेष ध्यान दिने पनि स्पष्ट पारेकी छिन् । सडक पूर्वाधारको लागि एमाले नेतृत्वको सरकारले काम गरेको सुनाए । तर, अहिलेको सरकारले भने विकासको गतिलाई निरन्तरता नदिएको उनको आरोप छ । उनले आफूले जिते सो क्षेत्रको विकास गरेरै छाड्ने पनि दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्