Logo

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’



काठमाडौँ, २८ कात्तिक : नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा आज साँझ उक्त कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा स्वामी विवेकान्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए ।

शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot