एजेन्सी, २९ कात्तिक । टर्की (पुरानो नाम टर्की) को इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । ८१ जना घाइते भएको बताइएको छ । एक जनालाई पक्राउ गरिएको छ, तर प्रहरीले थप विवरण दिन अस्वीकार गरेको छ। अल जजिराले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ३ जना संलग्न रहेको दाबी गरेको छ । जसमध्ये एक महिला र दुई पुरुष थिए ।
आइतबार साँझ करिब ४ः१५ बजे भीडभाड भएको ठाउँमा विष्फोट भएको हो । मिडिया रिपोर्टका अनुसार एउटी महिला करिब ४० मिनेटसम्म बेन्चमा बसेकी थिइन् । यसपछि उनी त्यहाँ झोला छोडेर गएकी थिइन् । त्यसको केही मिनेटपछि विस्फोट भएको थियो । सो झोलामा बम रहेको अनुमान गरिएको छ ।
इस्तानबुल आक्रमणपछि अमेरिका र टर्कीबीचको सम्बन्धमा तनाव देखिएको छ । टर्की सरकारले आक्रमणको पछाडि कुर्दिश आतंकवादी संगठनको हात रहेको बताएको छ । यद्यपि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी सरकारले सिरियामा रहेका कुर्दिश आतङ्ककारीहरूलाई हतियार उपलब्ध गराएको र यी आतङ्ककारीहरूले सिरियाबाट टर्कीमा आक्रमण गर्ने गरेको खुलेरै बताएका छन् ।
यही कारणले गर्दा इस्तानबुल हमलापछि राजधानी अंकारामा रहेको अमेरिकी दूतावासले हमलाप्रति शोक व्यक्त गर्दा टर्कीका गृहमन्त्री सुलेमान सोयलुले भने–हामीलाई उनीहरुको संवेदनाको आवश्यकता छैन । अमेरिकाले कुर्दिस संगठनहरूलाई सहयोग गर्दै आएको छ।