Logo

राप्तीमा नुहाउन गएका किशोरको तीनदिन पछि शव फेला



काठमाडौं, २९ कात्तिक । दाङको राप्ती नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नदीमा शनिबार नुहाउने क्रममा डुबेर हराएका गढवा गाउँपालिका–१ बडहरमाका किशोर निश्चल यादवको शव भेटिएको प्रहरीले जनाएको छ ।

१६ वर्षीय यादव गत कात्तिक २६ गते साथीहरुसँग नुहाउन नदीमा पसेका थिए । किशोर बेपत्ता भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी कार्य सुरु गरेपनि उनको शव ३ दिन पछि मात्र फेला परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot