काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले नेपाल शेर्पा संघ ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाको नामबाट गत कात्तिक २८ गते सार्वजनिक भएको प्रेस विज्ञप्तीबारे खण्डन गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका सुनुवारले उक्त विज्ञप्ती नियतबस आफूलाई निर्वाचनमा हराउनको निम्ति दुस्प्रचार गरिएको उल्लेख गरेका छन् ।
सुनुवारद्धार जारी विज्ञप्तीमा लेखिएको छ,‘नेपाल शेपा संघ ओखलढुंगाको तर्फबाट जारी उक्त विज्ञप्ती ओखलढुंगाका विभिन्न समुदायबिच भइरहेको सामाजिक सद्भाव, भाइचार विरुद्ध रहेको मेरो ठहर छ । मैले शेर्पा समुदायका विरुद्ध कहिल्यै कुनै अभिव्यक्ति दिएको छैन र दिने कल्पना पनि गर्न सक्दिन् ।’
उनले आफू बाल्यकालदेखि नै शेर्पा समुदायको सामाजिक परम्परा संस्कृतिको संरक्षण र संबद्र्धनमा निरन्तर लागिरहको समेत उल्लेख गरेका छन् ।