Logo

रेखालाई भोट दिन करिश्माको यस्तो अपिल



काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)की नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले चुनावी मैदानमा रहेकी रेखा थापालाई भोट दिन मोरङका जनतालाई आग्रह गरेकी छिन् ।

आज सामाजिक सञ्जालमा स्याटस लेख्दै करिश्माले कलाकार राष्ट्रका अभिन्न अंग हुन भन्दै उनले कलाकारले राज्यको मुख्य तहमा जनताको कुरा पुर्याउने पनि उल्लेख गरेकी छिन् ।

उनले रेखालाई संघर्षमा सामिल भएकी योद्धाको रुपमा चित्रण गर्दै उनलाई भोट दिन सम्पुर्ण मोरङ जिल्लावासीलाई आग्रह गरेकी छिन् । रेखा थापा मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंगहुन् । संस्कृति, संस्कारका सम्बाहक हुन । यो क्षेत्रको निर्माण , विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनि सकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot