Logo

रवि लामिछानेमाथि कांग्रेस चितवनका सभापति राजेश्वर खनालले उठाए व्यक्तिगत चरित्रको प्रश्न (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले चितवनका तीनवटै संघीय क्षेत्र र ६ वटा प्रदेशतर्फका क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने दाबी गरेका छन् । उनले चितवनमा गठबन्धनका उम्मेदवारहरुले तीनवटै क्षेत्रबाट चुनाव जित्ने ठोकुवा गरे ।

हिजो प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले चितवन–२ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले विकास गर्नेमा आफूहरु ढुक्क रहेको सुनाए । उनले आफूहरु गठबन्धनप्रति अत्यन्तै इमानदार रहेको जिकिर गरे । उनले गठबन्धनका उम्मेदावरले चुनाव जित्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको दाबी गरे ।

उनले चितवन–२ बाट चुनावी मैदानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाए । उनले भने,‘म रवि लामिछानेलाई प्रश्न गर्न चाहन्छु, उहाँको घर कहाँ हो ? उहाँको राजनीतिक हिष्ट्री के हो ? उहाँ नेपालमा कति वर्ष बस्नुभयो ? उहाँको व्यक्तिगत चरित्र के हो ? उहाँलाई मत हालेर जित्दै गर्दा उहाँले गर्ने कुरा के हो ?’

उनले चलचित्रको सुरुवातमा हिरोभन्दा भिलेन राम्रो देखिने गरेको स्मरण गराउँदै तर फिल्म अन्त्य हुँदै गर्दा नायक नायक नै हुने स्मरण गराए । उनले आफ्नो दल लोकतन्त्रको लागि लडेर आएको पार्टी भएको सम्झाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot