Logo

विनोद चौधरीलाई जिताउन प्रधानमन्त्री देउवाको अपिल (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम नवलपरासी–१ का गठबन्धनका साझा उम्मेदवार विनोद चौधरीलाई जिताउन अपिल गरेका छन् । आज (मंगलबार) नवलपरासीमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो अपिल गरेका हुन् । उनले भने,‘यो क्षेत्रबाट विनोद चौधरीलाई विजय बनाउनुहोस, सबै समस्या समाधान हुन्छ ।’

देउवाले गठबन्धनले जित्ने विश्वास व्यक्त गरे । उनले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूहरुले जिते संसद् विघटन नगर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले वाम–लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न अपिल गरेका छन् । सो सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सम्बोधन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot