काठमाडौं, २९ कात्तिक । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा गोरखा जिल्ला हेभिवेटका उम्मेदवारका कारण हारेको निर्वाचनमा चर्चामा हुने गर्दछ ।
२०७९ को निर्वाचनमा गोरखा क्षेत्र न २ मा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको कारण चर्चामा छ । साथै गोरखा क्षेत्र न १ मा नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र बजगाई उम्मेदवार छन । यसैगरी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे २(ख) नेपाली कांग्रेसका जिल्ला सभापति / युवा नेता नन्द प्रसाद न्यौपाने १(ख) बाट उम्मेदवार हुँदा गोरखा चर्चामा छ ।
विशेष महत्व बोकेको निर्वाचन क्षेत्र हो गोरखा १ (ख) । यसै क्षेत्रमा उम्मेदवार बनेका नन्द प्रसाद न्यौपानेले आफ्नो ३२ बुँदे प्रतिबद्धता पत्र मिडिया र सचिवालयको फेसबुक मार्फत सार्वजनिक गरेका छन ।
बेनिघाट–आरुघाट–लार्के सडक निर्माण सम्पन्न गरी नियमित सञ्चालन गर्ने, दरबन्दी अपुग भएका यस क्षेत्रका विद्यालयहरुमा थप दरबन्दीको व्यवस्था गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई आईटी, पुस्तकालयलगायत भौतिक पूर्वाधारमा सबल बनाउने न्यौपानेले प्रतिबद्धतामा उल्लेख गरेका छन् ।