Logo

काठमाडौं–७ का चुनावी ‘आकर्षण’



काठमाडौं, कात्तिक ३० । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ७ मा वाम लोकतन्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामकुमार घिमिरे मुख्य प्रतिस्पर्धी देखिए पनि अन्य उम्मेदवार पनि उत्तिकै सशक्त देखिएका छन्।

स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट उठेका राजेन्द्र श्रेष्ठका कारण मानुषीको अवस्था सहज नदेखिएको जानकार बताउँछन्।

‘एकैखाले भोट पाउने उम्मेदवारहरू फरक पार्टीबाट उठेका कारण यहाँको चुनावी माहोल खिचडी जस्तो देखिन्छ,’ काठमाडौं नरदेवीका सुमन ताम्राकार भन्छन्, ‘विगतका चुनावभन्दा यसपटकका चुनाव बुझिनसक्नु देखिएको छ।’

जनता अन्योलमा देखिए पनि घर दैलोमा व्यस्त उम्मेदवार आफूहरू विजयी हुनेमा ढुक्क रहेको सुनाउँछन्। ‘जनताले हामीलाई माया गरेको पायौं,’ मानुषी भन्छिन्, ‘हाम्रो जितको बाटामो बढेका छौ।’ उनको जस्तै धारणा राख्छन् एमालेका उम्मेदवार श्याम घिमिरे पनि। एमालेको संगठित भोट र सर्वसाधारणको मायाँे आफू जित्ने उनी सुनाउँछन्। ‘मुलुकलाई माया गर्नेले एमालेलाई माया गर्ने छ,’ उनी भन्छन्, ‘ यही मायाले हामीलाई विजयी बनाउने छ।’

त्यस्तै यो क्षेत्रबाट गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का वसन्त मानन्धर र प्रदेशसभा (ख) मा कांग्रेसका सविन तामाङ उम्मेदवार रहेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्