काठमाडौं, कात्तिक ३० । मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गर्न जाँदा कुनै पनि अनावश्यक वस्तु नलैजान आग्रह गरेका छन्। आयोगको निर्णय सम्वन्धमा जानकारी दिदै प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रमा प्रवेश गर्दा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई जान आग्रह गरे।
कसैले आफ्नो साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले जनाएको छ ।