काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले राष्ट्रपति बन्ने चाहना राखेर संसदीय राजनीति नछाडेको स्पष्ट पारेकी छिन् । उनले पार्टीभित्र नयाँ साथीहरुलाई अवसर दिनको लागि आफूले चुनाव नलडेको स्पष्ट पारे ।
शाक्यले काठमाडौं–८ मा एमालेको राम्रो जनमत भएको कारण एमालेले नै जित्ने दाबी गरिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनिन्,‘काठमाडौं ८ मा एमालेको राम्रो जनमत छ। एमालेले जित्छ, म ढुक्क छु ।’ उनले आफूपनि चुनावी प्रचारप्रसारमा सक्रिय भएको सुनाईन् ।