Logo

ललितपुर–३ का स्वतन्त्र उम्मेदवार खड्काको १३ बुँदे योजना सार्वजनिक, बाग्मती शुद्ध नभएसम्म नेपालको राजनीति शुद्ध नहुने उद्घोष (भिडिओसहित)



काठमाडौं, ३० कात्तिक । ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राधेश्याम खड्का (राधे)ले आफ्ना चुनावी योजनाहरु सार्वजनिक गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बाग्मती शुद्ध नभएसम्म नेपालको राजनीति शुद्ध नहुने बताएका हुन् । ३० वर्ष अगाडीको पौडी खेल्न मिल्ने बाग्मतीलाई स्वच्छ अवस्थामा फर्काउने, जलमार्ग, पदमार्ग, साइकल मार्ग र मैत्रीपार्कको निर्माण गर्ने उनको मुख्य लक्ष्य रहेको छ ।

२०३३ सालमा जन्मिएका सामाजिक अभियन्ता खड्काले देशका नागरिकलाई रोजगारीको व्यवस्था गर्ने, उद्यमशिल तालिम तथा व्यवसायिक ऋण उपलब्ध गराई स्वरोजगार सृजना गर्ने र १८ वर्ष माथिका नागरिकलाई न्युनतम बेरोजगार भत्ता प्रदान गर्ने योजना अघि सारेका छन् ।

स्नातकसम्मको अध्ययन गरेका खड्काले जनताबाट चुनिएर आएका नेताहरुलाईमात्र निर्वाचन आयोगले उम्मेदवारी दिने व्यवस्था लागु गर्नेमा जोड दिएका छन् । उनले घरदैलो वा एकद्धार प्रशासन सेवा, पार्टी आन्तरिक लोकतन्त्र, निर्वाचित जनलोकपाल, आइडिया बैंक र ललितपुर एप, फास्ट ट्रयाक, ओ.आर.ए कार्यक्रम, अनिवार्य राष्ट्र सेवा, अनिवार्य राष्ट्र सेवा, वल्र्ड पिस हब, भूमि व्यवस्थापन र भष्ट्राचारीलाई एक मौका लगायतका योजनाहरु अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवार खड्काले विभिन्न दलका नेताहरु भर्खरैमात्र जनताको घर दैलोमा पुगेको उल्लेख गर्दै आफूले भने दशौं वर्ष अघिदेखि नै घरदैलो गरिरहेको बताएका छन् ।

उनले सामाजिक कार्यको सिलसिलामा करिब ७० वटा जिल्लामा पुगेको सुनाए । समाजसेवामा अग्रसर खड्काले राजनीतिक शुद्धिकरण अभियान सञ्चालन गरेर राजनीतिमा भएका दुव्र्यसनी मुक्ति र अहिंसाको विषय उठाएको जानकारी दिए ।

नवजीवन परोपकार संस्थाको स्थापना गरेर सडकमा रहेका मानिस, सडक चौपायहरुको पनि उद्धार गरेको उनले थप स्पष्ट पारे । त्यस्तै, निःशुल्क कपडा बैंकको स्थापना गरी पुराना कपडा खोजेर तराई, पहाडका विभिन्न जिल्लामा कपडा वितरण गरेको उनले बताए । कोरोना महामारीको सिलसिलामा देशका विभिन्न स्थानहरुमा निःशुल्क भोजन वितरण कार्यक्रम सम्पन्न गरेर अक्सिजन बैंक स्थापना गरी बिरामीहरुलाई सहयोग गरेको सुनाए ।

खड्काले भीजन र मिसनसहित आफू राजनीतिमा आएको स्पष्ट पारे । उनले भने,‘बाग्मती असाध्यै फोहोर र दुर्गन्धित भएको छ, त्यसको सफाइको लागि मेरो उम्मेदवारी हो । जनतामा पछिल्लो समय राजनीतिक वितृष्णा आएको भन्दै त्यसको विकल्पमा आफू उभिएको सुुनाए । उनले ललितपुर–३ मा विभिन्न दलबाट १३ र सातवटा स्वतन्त्र गरी कुल २० उम्मेदवारी परेको उनले बताए । खड्का नेपालका विभिन्न संघ÷सस्था तथा भारत सरकारबाट कोभिड–१९ हिरो अवार्डद्धारा विभुषित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्