काठमाडौंं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आरोपप्रत्यारोप चलेको छ। आज राति ७ः३० बजे र ९ः०० बजे छुट्टाछुट्टै रुपमा प्राइम टिभीबाट प्रसारण हुने चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा उनीहरुले एकले अर्कोलाई गम्भीर आरोप लगाएका छन् ।
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई संविधान र व्यवस्था मास्न उद्धत रहेको आरोप लगाएका छन् । उता, ओलीले भने प्रचण्डलाई १७ हजार मान्छे मराएको भन्दै त्यही चाहीँ काम हो ? भन्दै प्रश्न गरेका छन् । दुवैजनासँगको अन्तर्वार्ता आज राति प्रसारण हुँदैछन् ।