Logo

डा. प्रेमसिंह बस्न्यातको अपिल : ईश्वर पोखरेललाई ठाउँको ठाउँ हराउनुहोस र प्रदिप पौडेललाई जिताउनुहोस



 

काठमाडौं, ३० कात्तिक । डा.प्रेमसिंह बस्न्यातले देशको माटो बचाउनेलाई मात्र भोट दिन आग्रह गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा माटो बेचेर राजनीति गर्नेलाई डाँडो कटाउनुपर्ने बताएका छन् ।

एउटा पेशाबाट सेवा निवृत्त भएका कुनै पनि राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरुलाई विभिन्न आयोगका प्रमुख बनाउने प्रथा तत्काल खारेज गर्नुपर्ने बताए । उनले भने,‘आयोगको प्रमुख लोकसेवा आयोगबाट प्रतिस्पर्धामा ल्याएर गराइयोस्, यदि त्यस्तो गर्न सकिएन भने राजनीतिक दलका झोलेहरु आयोग भरी हुनेछन्, र देशको हितमा केही काम हुनेछैनन् । उनीहरुले ५ सय खानेलाई अख्तियारले समात्ने तर ५ हजार खानेलाई छाड्नेछन् ।’ बस्न्यातले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनामाथि पनि अपराध गरेको आरोप लगाए । उनले भने,‘नेपाली सेनाले त क को ख पनि गर्दैन् । ओलीजी कति झुठो बोल्नुहुन्छ, त्यो त मैले भनिरहनुपर्दैन् ।’

उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पनि कडा प्रहार गरे । उनले भने,‘नेपाली सेनासँग आवद्ध भएको कारणले म यो कुरा भन्दैछु, रिङ रोडभन्दा उता सबै प्लटिङ हेर्नुहोस, त्यहाँका ठूला हाउजिङ सबै, त्यहाँ पहिलो लकडाउन हुँदा सबै डाँडो फाँडेर प्लटिङ गरिरहेका थिए, मैले देखेर भनेको हुँ ।’ उनले पोखरेलले पानीट्याँकीमा पैसा राखेको कुरा त सबैलाई थाहा भएको सुनाए । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा रुक्मांगत कटवाल प्रकरणमा पनि डेढ करोड पैसा खाएको भनेर आफूलाई माओवादीका मान्छेले प्रमाण दिएको स्मरण गराए ।

उनले ईश्वर पोखरेलजस्तो खराब व्यक्तिलाई भोट नहाल्न पनि अपिल गरेका छन् । उनले भने,‘यसलाई (ईश्वर) पोखरेललाई हराउनुपर्छ । मेरो छातीमा लात्ती हानेकोजस्तो भएको छ ।’ सेनालाई बद्नाम गरेर कोरोनाकालमा औषधीको ठेक्कापनि पोखरेलले नै हालेको गम्भीर आरोप लगाए ।

त्यस्तै, काठमाडौं–निजगढ फाष्ट ट्रयाकमा पनि पैसाको लागि ठेक्का हाल्ने काम ईश्वर पोखरेलले नै गरेको उनको गम्भीर आरोप छ । चप्पल लगाएर ओखलढुंगाबाट काठमाडौं आएका ईश्वर पोखरेल अहिले खर्बपती बनेको भन्दै उनले कडा आक्रोश पोखे । उनले काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जिताउनुपर्ने र ईश्वर पोखरेललाई ठाउँका ठाउँ हराउनुपर्ने भन्दै आम मतदाताहरुसँग अपिल पनि गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot