Logo

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट



काठमाडौं, ३० कात्तिक । काठमाण्डौं–५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोट ले घरदैलो गरेको छ ।

स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै काँगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेल सहित प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो ।

घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट, यसपालीको काठमाण्डौं को भोट, प्रदीप पौडेललाई ” भन्दै भोट मागेकी थिइन् ।

प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए ।

स्वच्छ छविका प्रविधिमैत्री युवा नेता पौडेलका पक्षमा जनलहर बढ्दै गएको र रोबोटले घरदैलो गरे पश्चात मतदातामाझ पौडेल अझ लोकप्रिय हुने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot