Logo

एमालेको बहुमत आउने ओलीको दाबी, प्रचण्ड र माधव नेपालमाथि यसरी खनिए (भिडिओसहित)



काठमाडौैं, ३० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका जनता एमालेको पक्षमा मतदान गर्न आँतुर रहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनमा एमालेले बहुमत ल्याउने पनि उनको दाबी छ ।

आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले सरकार बनाउनको लागि प्रचण्ड र माधव नेपालको सहयोग चाहिँदैन ? भन्ने प्रश्नमा ओलीले भने,”एमालेले एक्लै बहुमत ल्याउँछ, किन चाहियो ?”

उनले प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट भन्न नहुने जिकिर गरे । प्रचण्ड र माधव नेपाल नाम मात्रैको कम्युनिष्ट रहेको पनि ओलीको आरोप छ । उनले ०७४ को निर्वाचनमा आफू प्रधानमन्त्री बनेको र अहिलेसम्म पनि आफू नै नेतृत्वमा रहनुपर्ने थियो भन्ने स्पष्ट पारे ।

उनले देशलाई प्रचण्ड र माधव नेपालसँग कुनै मतलव नभएको टिप्पणी गरे । उनले प्रचण्डले हिजो लोकतन्त्रको विरुद्धमा हतियार उठाएको पनि आरोप लगाए । उनले प्रचण्ड हिजो तथाकथित क्रान्तिकारी र आज पनि तथाकथित लोकतन्त्रवादीको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot