Logo

गगन थापा र राजन भट्टराईलाई सजिलै हराउने स्वतन्त्र उम्मेदवार डा. राणाको घोषणा (भिडिओसहित)



काठमाडौं, ३० कार्तिक । काठमाडौं क्षेत्र नम्बर ४ का लागि प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार डा. अर्चनशमशेर राणाले आफ्नो जित निश्चित् भएको दाबी गरेका छन् । उनले आफू हाम्रो नेपाली पार्टीको लौरो अभियानबाट उम्मेदवार रहेको र आफूहरुप्रति जनताको ठूलो साथ रहेको दाबी गरे ।

उनले जनताले राजनीतिमा परिवर्तन चाहेकोले आफूले जनताको आवाज उठाउने विश्वास दिलाए । आज विहान प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले गगन थापा र राजन भट्टराईलाई सजिलै हराउने घोषणा गरे ।

उनले राजनीतिमा यतिवेला नो, नट एगेन अभियान चलेको पनि स्मरण गराए । आफू स्वतन्त्र उम्मेदवार भएपनि परिवर्तन एक जनाबाट नै सुरु हुने र एउटा सही निश्कर्षमा पुग्ने विश्वास दिलाए । उनले आफूले स्वास्थ्य र शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने एजेण्डा बोकेको बताए ।

उनले सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा भनेपनि दुर्गममा अझैपनि पाठ्यपुस्तक नपुगेको घट्ना स्मरण गराए । उनले मंसिर ४ गतेको निर्वाचनपछि मुलुकमा ठूलो परिवर्तन आउने पनि सनसनीपूर्ण घोषणा गरे । त्यसको सुरुवात स्थानीय तहको निर्वाचनबाट नै देखिएको भन्दै अब संघ र प्रदेशको निर्वाचनमा पनि देखिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot