काठमाडौं, १ मंसिर । पब्लिक इनोभेटर ईं. दीपेन्द्र कँडेलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको चुनाव प्रचारमा पुगेर जितको लागि शुभकामना दिएका छन् । कँडेलले निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघि आज (बिहीबार) ठाकुरको निर्वाचन क्षेत्र महोत्तरी–३ मा पुगेर ठाकुरलाई जितको अग्रिम शुभकामना दिएका हुन् ।
कँडेलले काठमाडौंदेखिको महोत्तरीको यात्रा तय गरेर ठाकुरलाई शुभकामना दिनुको कारण पनि खुलाएका छन् । उनले ठाकुर नेपाली राजनीतिको टावरिङ पर्सानालिटी भएको र सुरुवातदेखि नै निष्ठाको राजनीति गरेको बताउँदै आफू ठाकुरको जितको लागि शुभकामना दिन महोत्तरी पुगेको जनाए ।
कँडेलले ठाकुरलाई माला लगाएर निर्वाचन जितको शुभकामना दिनुको साथै भावी राष्ट्रपति बन्नपनि शुभकामना दिएका छन् । कँडेल नेपाली राजनीतिक आन्दोलनमा योगदान पुर्याएका शीर्ष नेताहरु संसद्मा पुग्नुपर्छ भन्ने पक्षमा छन् ।