Logo

निर्वाचनको दिन कस्तो रहला मौसम ?



काठमाडौं, मंसिर १। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन अनुसार निर्वाचनको समयमा मौसम सफा रहने छ।

निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। आज प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस्