Logo

चिवतन–२ मा उमेश श्रेष्ठले जित्ने र रवि लामिछानेले हार्ने प्रचण्डको ठोकुवा (भिडिओसहित)



काठमाडौं, १ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका तीन वटै क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने ठोकुवा गरेका छन् । दाहालले सर्वाधिक चासोको रुपमा हेरिएको चितवन–२ मा गठबन्धनका साझा उम्मेदवारी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले नै चुनाव जित्ने दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘तपाईँ हेर्नुहोला, उमेश श्रेष्ठले नै चुनाव जित्नुहुन्छ ।’ उनले उमेश श्रेष्ठले शिक्षा तथा उद्योग–व्यवसायको क्षेत्रमा लामो समयदेखि योगदान गरेको सुनाए।

उनले उमेश श्रेष्ठले चितवनको विकास गर्ने कमिटमेन्टपनि जनताले पत्याउनेगरि नै राख्न थालेको पनि सुनाए । श्रेष्ठको व्यक्तित्व नै चुनाव जित्ने प्रमुख आधार र गठबन्धनपनि थपिएपछि जित सहज भएको दाहालको भनाई छ । चितवन–३ मा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले त चुनाव जितिसकेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot