काठमाडौं, १ मंसिर । काठमाडौं क्षेत्र नंं १ मा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा नेकपा एमालका उम्मेदवारलाई राप्रपा नेपालले समर्थन गर्ने भएको छ ।
यो क्षेत्रमा प्रतिनिधि सभामा एमालेको तर्फबाट किरण पौडेल र प्रदेश सभातर्फ १ मा रामप्रसाद अमगाई र प्रदेश २ का गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन् ।
राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसी तथा प्रदेशसभा तर्फ १ का द्धारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी निस्क्रिय बनाइएको हो ।