काठमाडौं, २ मंसिर । जावलाखेलको गणेशचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको पृष्टि भएको छ । आज बिहान प्रेसरकुुकुरमा शंकास्पद बस्तु भेटिएको थियो ।
सो बस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त स्थानबाट निर्वाचन अवज्ञा गरौं भनेर लेखिएको पर्चा भेटिएको थियो । नक्कली बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन क्रान्तिकारी पार्टीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिस्कार गरेका छन् ।