Logo

प्रभु बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?



काठमाडौं, मंसिर २ । प्रभु बैंक लिमिटेडले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले लाभांश दर घटाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot