Logo

सावधान ! सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार गरे कारबाहीमा परिएला



काठमाडौं, २ मंसिर । मंसिर ४ गते हुने आम निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेपछि सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी गतिविधि गर्न रोक लगाइएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो ।

बिहीबार राती १२ बजेदेखि कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न पाइने छैन् । यस्ता कार्य नगर्न सर्वसाधारणलाई आह्वान गर्ने निर्णय समितिको बैठकले गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्