Logo

मंसिर २० गतेसम्म मतगणनाको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइसक्ने



काठमाडौं, २ मंसिर । मंसिर २० गतेसम्म मतगणना सम्पन्न गरी निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने जनाएको छ । मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने आयोगले लक्ष्य राखेको छ ।

मतदान सकिएपछि मतपेटिका सम्बीिन्धत अधिकृतको कार्यालयमा जम्मा गरिन्छ । उम्मेदवारको मनोनयन गरेकै स्थानमा मतगणना गरिन्छ ।

समानुपातिक र प्रत्यक्ष तर्फको मतगणना एकैपटक गर्ने आयोगले तयारी गरिरहेको छ। तर, दुवै एकैपटक गणना गर्र्ने अवस्था नभएमा प्रत्यक्षको पछि समानुपातिक तर्फको गणना गर्ने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्