Logo

आज पहाडी भू-भागमा आंशिक बदली



काठमाडौं, मंसिर ३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको आकलन छ ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्