Logo

निर्वाचनमा खटिएकी कर्मचारीको मृत्यु



धनकुटा, मंसिर ३ । धनकुटास्थित साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा साहायक कर्मचारीको रुपमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा अचानक बेहोस भएर लडेकी लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको हो । उच्च रक्तचापको बिमारी लिम्बु उक्त मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot